सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोद सिंह विष्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी पवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीका अनुसार विष्टलाई आइतबार दिउँसो प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।
वडाध्यक्ष विष्टसहित तीन जनाको टोलीले केही दिनअघि खोर्केखोला तटवन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परकेको थियो ।
उक्त उजुरीका आधारमा शुक्रवार पक्राउ परेका सुशील गुरुङ र बलिराज शाहीले जफत भएको रकमबाट वडाध्यक्ष विष्टलाई दुई लाख दिएको स्वीकारेपछि विष्टलाई पक्राउ गरिएको प्रवक्ता शाहीले जानकारी दिए । वडाध्यक्ष विष्टमाथी थप अनुसन्धान भइरहेको शाहीको भनाई छ ।
युग संवाददाता । । २४ असार २०८०, आईतवार १५:४९