सुर्खेत । कर्णाली प्रदेशसभाको बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।
प्रदेशसभा सचिवालयले सूचना जारी गरी विशेष कारणवश बैठक स्थगित गरिएको जनाएको छ । प्रदेशसभाको अर्को बैठक आगामी १७ असार आइतबार बस्ने प्रदेशसभा सचिव बुढाथोकीले जानकारी दिए ।
यसअघि बुधबार प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद अवरुद्ध गरेको थियो । बजेट संशोधन नभएसम्म संसद अवरुद्ध गर्ने एमालेले चेतावनी दिँदै आएको छ ।
युग संवाददाता । । १४ असार २०८०, बिहीबार १८:४९