नगर उपप्रमुख मल्लद्वारा सुत्केरीलाई पोषण सामग्री सहयोग

राज्यशोर मल्ल
मुगु ।
मुगुको छायांनाथ रारा नगरपालिकाका नगर उपप्रमुख ऐश्वर्य मल्लले सुत्केरी महिलाहरुलाई सहयोग गरेकी छन् ।

मल्लले नगर उपप्रमुखसँग न्यून आयस्रोत भएका गर्भवती तथा सुत्केरी महिला भेटघाट कार्यक्रमलाई यसवर्ष पनि पालिकाका १४ वटै वडामा निरन्तरता दिएकी हुन् । शुक्रवार उपप्रमुख मल्लले सुत्केरी र गर्भवती आमाहरुलाई घरमै पुगेर पौष्टिक आहार र सरसफाई जन्य सामाग्रीहरु वितरण गरकी हुन ।

प्रमुख मल्लले नगद एक हजार, अन्डा, तेल, साबुन, ज्वाँनो, मेथी लगायतका पोषण यूक्त सामाग्री वितरण गरेकी हुन् ।

देशमा आर्थिक संकट जारी रहेको अवस्थामा यसको चपेटामा परेका ग्रमिण क्षेत्रका सुत्केरी र गर्भवती आमाहरुलाई पोषण सुधारमा थोरै भएपनि राहत हुने विश्वास लिएको मल्लको भनाई छ । मल्लका अनुसार यो कार्यक्रम आफ्नो पाँच वर्षे कार्यकाल भरी निरन्तरता दिइने छ ।

तपाईको प्रतिक्रिया