दुर्गा विसी
सल्यान ।
सुर्खेतको उत्तरी पुर्व क्षेत्रमा अवस्थित सिम्ता गाउँ पालिकाकाे १३ औं अधिवेशन सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षतामा उद्घाटन सभामा उपाध्यक्ष गोमा शर्मा ( रेग्मी )ले प्रस्तुत गर्नुभएको जम्मा अनुमानित बजेट ५८ करोड १७ लाख ७० हजार ३ सय ५० रुपैयाँ मध्ये चालू तर्फ ३८ करोड ७२ लाख ८४ हजार ५ सय २१ रुपैयाँ ९९ पैसा र पुँजिगत तर्फ १९ करोड ४४ लाख ८५ हजार ८ सय २८ रुपैयाँ विनियोजन गरिएको छ।
सभामा विभिन्न विषयगत समितिका संयोजकहरुले आ आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे । कार्यक्रमको संचालन सभाका सचीव एवम् प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले गर्नुभएको थियो ।
सिम्ता गाउँपालिकाले आगामी वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा झण्डै आठ करोड बजेट घटाएर ल्याएको छ । आगामी नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि सिम्ताले ५८ करोड १७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
चालुतर्फ ३९ करोड ९७ लाख चार हजार तीन सय ५० र पूँजिगततर्फ १८ करोड २८ लाख ६६ हजार छ । चालू आर्थिक वर्षमा सिम्ताले ६४ करोड ३९ लाख आठ हजार नौ सय २७ रुपैयाँ बजेट रहेको छ
युग संवाददाता । । १० असार २०८०, आईतवार २०:२३