एमालेमा पूर्व माओवादीलाई सम्मानजनक भुमिका छ : एमाले सचिव भट्ट

सुर्खेत । नेकपा एमालेभित्र पूर्व माओवादी नेता तथा कार्यकर्तामाथि विभेद नरहेकाे ऐमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्टले बताएका छन् ।

प्रेस चौतारी नेपालले मंगलबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले एमाले पार्टी विगतको नेकपाको निरन्तरता भएको र पूर्व माओवादीको सम्मानजनक उपस्थिति रहेको बताए ।

‘एमालेमा पूर्व माओवादीलाई अपमान हैन सम्मानजनक व्यवहार गरेको छ ।’ उनले भने,‘एमालेका पूर्व माओवादीहरुलाई अपमान गरेको भए अहिले म कसरी सचिव र कर्णालीको इन्चार्ज हुन्थ्ये ।’

यस्तै एमालेसँग एकीकरण गर्नका लागि समाजवादी मोर्चा बनेकाे नेता भट्टकाे भनाई थियाे । सोमबार गठन गरिएको नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपा कमजोर हुँदै गएकाले समाजवादी मोर्चा बनाएको बताए ।

‘एमाले मुलधारको कम्युनिष्ट हो । समाजवादी मोर्चा कुनै दिन एमालेमा नै फर्कने छ ।’ उनले भने,‘कम्युनिष्टहरु एकीकरण हुनका लागि मोर्चा बनाइएको हो । त्यो मोर्चा एमालेमा आउनेछ ।’

तपाईको प्रतिक्रिया