वीरेन्द्रनगरमा नगर बस सञ्चालन, २० रुपैयाँ ताेकियाे भाडा दर

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निजी क्षेत्रले पहिलो पटक नगर बस सञ्चालनमा ल्याएकोे छ । शुक्रबारबाट सुर्खेतका संयूक्त यातायात व्यवसायी समितिले १० वटा फोर्स गाडीहरुलाई नगर बसका रुपमा सञ्चालनमा ल्याएका हुन् । पहिलो चरणमा रत्न राजमार्ग अन्तर्गत मंगलगढी चोक-धुलिायाबिट, मंगलगढी-मुलपानी-कणर्ाली प्रदेश अस्पताल-कुमाइचोक-हिलेखाली चोक हुँदै बाङ्गगेसिमल रुट भएर बसहरु चल्नेछन् ।

यस्तै दोस्रो चरणमा नगर क्षेत्रका भित्रि सडकहरुमा नगर बस सञ्चालन गर्ने योजना रहेको छ । हाललाई यि रुटका लागि २० रुपैयाँ भाडा दर निर्धारण गरिएको छ । नगर बस सेवाको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले निजी क्षेत्रको प्रयासमा नगरपालिकाको पूर्ण सहयोग हुने बताईन । लामो समयदेखि नगरपालिकाले नगर बस सञ्चालनको योजना अगाडि सारेको भएपनि सफल हुन नसकेको उल्लेख गर्दै नागरिकलाई गुणस्तरीय सेवा प्रवाहमा निजी क्षेत्रले चालेको कदम महत्वपूणर् रहेको ढकालको भनाई छ ।

नागरिकलाई सुरक्षित तथा गुणस्तरीय सेवा प्रवाहमा जिम्मेवार भएर लाग्न नगर प्रमुख ढकालको भनाई छ । आगामी दिनहरुमा यातायात व्यसायीसँग सहकार्य गरेर सेवा थप गर्ने उनको भनाई छ । यस्तै राष्ट्रिय यातायात महासंघका कणर्ाली संयोजक एवम् संयूक्त यातायात व्यवसायी समितिका अध्यक्ष रमेश सापकोटाले नागरिकको माग अनुसार नगर बस सञ्चालनमा ल्याएको बताए । यातायात व्यवसायीको सामाजिक उत्तरदायित्व अन्तर्गत सहुलियत पूणर् बस सेवा सञ्चालनमा ल्याएको उल्लेख गर्दै सबैसँग सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।

राजधानी भएसँगै बढ्दो जनघनत्वका कारण वीरेन्द्रनगरमा नागरिकस्तरबाट नगर बसको माग हुँदै आएको थियो । हाल यहाँ तीन पाङ्ग्रे अटोको मनोमानीले नागरिकहरुले सास्ती व्यहोर्दै आएका छन् । वीरेन्द्रनगरले विगतदेखि नै आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको भएपनि हालसम्म नगर बस सञ्चालनको पक्रियासमेत अगाडि बढाउन सकेको छैन । सुखेतमा झण्डै २३ सय अटोहरु सञ्चालित छन् । अटोले मनलाग्दी भाडा मात्रै होइन जोखिमपूणर् यात्रासमेत गराउने गरेका छन् ।

तपाईको प्रतिक्रिया