शैक्षिक सुधारका लागि माग पत्र पेश

सुर्खेत । एकीकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेशले शैक्षिक सुधारका लागि माग पत्र पेश गरिको छ । आइतबार प्रदेश कमिटीको निणर्य अनुसार कर्णालीका ७९ वटै पालिकामा मागपत्र पेश गर्ने कार्यक्रम अन्तरगत वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाललाई मागपत्र हस्तान्तरण गरिएको हो ।

क्षेत्रका विकृति र विसंगती अन्त्य गरि शिक्षण पेसालाई मर्यादित बनाउन र वालवालिकाहरुको गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न प्रतिवद्ध रहेको माग पत्रमा उल्लेख छ । शिक्षा क्षेत्रमा राज्य र सरोकारवाला निकायहरुले आफ्नो दायित्व पुणर् रुपमा पूरा गर्न नसक्दा शिक्षक, अभिभावक र विद्यार्थीहरुमा निरासा छाएको भनिएको छ ।

स्थानीय तह अनुदानमा कार्यरत शिक्षकहरुलाई दरबन्दी सरहको सेवा सुविधा प्रदान गरि समान श्रम र विभेदयुक्त पारिश्रमिक दिने परिपाटी अन्त्य गरी अनुदानमा कार्यरत शिक्षकहरुको पेशागत अधिकार सुनिश्चित माग गरिएको छ । यस्तै सामुदायिक विद्यालयहरुको भौतिक अवस्थाको प्रभावकारी अनुगमन र मुल्यांकनका आधारमा कमजोर भौतिक अवस्था भएका विद्यालयहरुमा निर्माण तथा मर्मतका लागि योजना बनाई भौतिक अवस्था सुधारमा पहल गर्न भनिएको छ ।

तपाईको प्रतिक्रिया