सरसफाई वर्ष घोषणा गर्दै भेरीगंगा

सुर्खेत । वि.सं. २०८० लाई सुर्खेतको भेरीगंगा नगरपालिकाले सरसफाई वर्ष घोषणा गर्ने भएको छ । नगर क्षेत्रलाई स्वस्थ, स्वच्छ, सुरक्षित र सुन्दर बनाउने उदेश्यले विश्व वातावरण दिवस, २०२३ को अवसरमा पालिकाले सरसफाई वर्ष घोषणाको तयारी गरेको हो ।


सरसफाई वर्षको घोषणा तथा कार्यान्वयन पक्षमा नगरपालिकाका १३ वटै वडा, समग्र टोल तथा समुदायलाई सहयोग गर्न भेरीगंगा नगरपालिकाले अपिल गरेको छ । पालिकाको बजार क्षेत्रमा फोहोरमैलाको व्यस्थापनमा समस्या रहेको भन्दै भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले नगर क्षेत्र अन्र्तगतका छिन्चु, रामघाट, जहरे र झिंनी बजारमा सरसफाइका क्षेत्रमा चुनौती थपिएको बताए । फोहरमैला व्यवस्थापनमा दीर्घकालीन समस्या समाधानको लागि भेरीगंगा नगरपालिका-१२, झिंगेनारामा फोहरमैला प्रशोधन केन्द्र निर्माणको तयारी अगाडि बढाइएको उनले जानकारी दिए ।

प्रशोधन केन्द्र निर्माण पछि नगरमा फोहोरमैला व्यवस्थापनको समस्या दीर्घकालिन रुपमा समाधान हुने उनको भनाई थियो । सरसफाई वर्ष अभियानमा पालिकामा वसोवास गर्ने प्रत्येक घरपरिवार, टोल विकास संस्था, वडा कार्यालय तथा सबै सहयोगी संघसंस्थाहरुको सहयोगको अपेक्षा गरेको उल्लेख गर्दै उनले वि.सं. २०८३ सम्म नगर क्षेत्रलाई पुणर् सरसफाईयुक्त क्षेत्र बनाउने लक्ष्य लिएको जनाए ।

तपाईको प्रतिक्रिया