बाँकेमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

सुर्खेत । बाँकेको राप्ती सोनारी गाउँपालिका-८ मा भएको सडक दुर्घटनामा  परी दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ आँउदै गरेको कार र पूर्व तर्फ जादै गरेको बस एक आपसमा ठोकिदा बा १३ च ८२५३ नम्बरको कारमा सवार वीरेन्द्रनगर-७ निवासी ५४ बर्षिय डा. सन्जु खाती र सवारी चालक ३७ वर्षीय सुवास अधिकारीको घटना स्थलमै मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

डा. खाती वीरेन्द्रनगरस्थित श्रीकृष्ण सँस्कृत तथा साधारण माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत हुन् । मे १ ख ३३३५ नंम्वरको बस पूर्व जादै गरेको अवस्थामा राप्ती सोनारी-८ मा नेपाली सेनाको ब्यारेकको पूर्व तर्फको सडकमा एक आपसमा ठोकिएका थिए । बसमा यात्रा गर्नेहरू भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया