भवानी छापाखानाकी सञ्चालक उपाध्याय बनिन् उत्कृष्ट महिला उद्यमी

सुर्खेत । सुर्खेतमा रही लामो समयदेखि मुद्रण व्यवसायमा संलग्न बिसी ग्रुप अन्तर्गतको भवानी छापाखानाकी सञ्चालक हिम कुमारी उपाध्याय उत्कृष्ट महिला उद्यमीका रुपमा पुरस्कृत भएकी छन् । २०५६ भदाै २१ गते स्थापना भएकाे छापाखाना ब्यवसायमा १५ बर्षदेखि नेतृत्व लिएर ब्यापार गरिदै अाएकाे छ । उधाेगमा २७ जनाबढिले प्रत्यक्ष राेजागारी पाएकाे जनाइएकाे छ ।

पाँचौ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा कर्णाली प्रदेशबाट उत्कृष्ट महिला उद्यमीको रुपमा छनौट भएकी उपाध्यायलार्ई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत जनही एक लाख राशिको नगद पुरस्कारसहित सम्मान गरिएको हो । उपाध्यायलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले मंगलबार प्रज्ञा भवन कमलादीमा नगद पुरस्कारसहित सम्मान गरेका हुन् । सुदुरपश्चिम प्रदेश बाहेक देशभरका ६ जना उत्कृष्ट महिला उधमीहरुलाइ सम्मानित गरिएकाे छ ।

काेशी प्रदेशबाट भूमिकादेवी दाहाल श्री भूमिका सिपमूलक तालिम केन्द्र, मदेश प्रदेशबाट ज्याेति श्रेष्ठ करसिभ क्रियशन/सिलाइ कटाइ तथा टेलर्स व्यवसाय, वागमती प्रदेशबाट कमला सुवेदी श्रीसजनशिल कृष्टल हस्तकला उधाेग,  गण्डकी प्रदेशबाट चिनु कुमारी गुरुडकाे  गुरुड व्युटी पार्लर प्रा.लि. पाेखरा, लुम्बिनी प्रदेशबाट निरु चाैधरी पञ्चशिल हस्तकला केन्द्र/थारु हस्तकलामा अाधारित सामाग्रीसमेत सम्मानित भएका छन् । सम्मानित सबैलाइ जनही एक लाख नगद र सम्मान पत्र प्रदान गरिएकाे थियाे ।

उधमी उपाध्यायले हालसम्म प्राप्त गरेका सम्मान तथा पुरस्कार
‘म एक कर्मठ महिला’ केयर नेपालले देशभरीबाट १० जना सफल उद्यमी महिलाहरु मध्य ‘सफल महिला उद्यमी अभिप्रेणा अभियान–२०७३’ बाट सम्मानित,

अन्तर्राष्ट्रिय नारी दिवस–२०७३ मा एम्नेष्टि इन्टरनेशनल नेपाल, लयर्स समूह–६९ सुर्खेतबाट ‘सफल महिला उद्यमी सम्मान–२०७३’ बाट सम्मानित,

न्यू विजनेश ऐज (आर्थिक अभियान) द्धारा ‘न्यू बिज विजनेश ओमेन समिट अवार्ड–२०२१’ बाट सम्मानित ।

“राष्ट्रिय युवा प्रतिभा सम्मान–२०७८” द्धारा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट नगद एक लाखसहित सम्मानित

“राष्ट्रपति महिला उद्यमी समुन्नती पुरस्कार–२०८०” द्धारा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय (राष्ट्रपति महिला उत्थान कार्यक्रम) बाट नगद एक लाख सहित सम्मानित

२०७६ चैत्र १ गते प्रकाशित उनकाे कथा यहाँ क्लिक गर्नुहाेस :-

हिमाका संघर्षशील ८ वर्ष : पत्रिका बेच्दाबेच्दै यसरी बनिन् करोडपति !

 

न्यूबिजद्वारा विभिन्न ६ विधामा १२ महिला उद्यमी सम्मानित

 

भिडियाेमा 

 

तपाईको प्रतिक्रिया