यो व्यवस्थाप्रति नै जनतामा वितृष्णा बढ्न थाल्यो : पूर्वराजा ज्ञानेन्द्र

सुर्खेत । पूर्व राजा ज्ञानेन्द्र शाहले यो व्यवस्थाप्रति जनतामा वितृष्णा बढ्न थालेको बताएका छन् । शनिवार वीरेन्द्रनगरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै शाहले आफू पुग्ने ठाउँहरुमा यस्ता आवाज सुन्ने गरेको दावी गरे ।

‘आफ्नो पहिचान हाम्रो शान हो । आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो । कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो ।’ शाहले भने, ‘हामी जहाँ-जहाँ पुग्छौं, त्यहाँ-त्यहाँ नेपालीहरुको यस्तै यस्तै आजाव सुन्छु । त्यसैले अब कसरी जाने ?, के कस्तो विधि व्यवस्था अंगाल्ने ? र हाम्रो गौरव गरिमालाई कसरी बचाउने ? अब सोचौं, के गर्दा देशको राम्रो हुन्छ ? के नगर्दा देशलाई फाइदा हुन्छ, सोचौं ।’

राष्ट्रवाद फस्टाउनलाई राष्ट्रप्रेमको खाँचो हुने उल्लेख गर्दै शाहले अगाडि भने, ‘नेपालको पिरमर्का बुझ्न नेपाली मनले मात्र सक्छ । अब हामी भन्छौं, मिलौं । हामी सबै एक भएर जुटौं । हामी नफुटौं । परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौं । स्वधर्मबाट हटेर होइन एकजुट भएर राष्ष्ट्रको निम्ति एकसाथ अघि बढौं ।’

तपाईको प्रतिक्रिया