श्रमले बनाएको ‘लेकवेशी साबुन’

सुर्खेत । बजारमा अहिले मासिक ३० लाख रुपैयाँ बराबर ‘लेकवेशी साबुन’ निर्यात भईरहेको छ । सुदुरपश्चिम प्रदेशको अछाम सहित कर्णालीका १० वटै जिल्लामा लेकवेशी साबुन उपलब्ध छन् । कर्णालीका हिमाली जिल्ला डोल्पा र हुम्लामा पनि यो साबुन पुगेको छ ।उत्पादनको दोस्रो वर्ष पुरा गरेको ‘लेकवेशी साबुन’ श्रमले स्थापना भएको ‘ब्राण्ड’ हो ।

सुर्खेतको लेकवेशी नगरपालिका-९, चौरासेमा स्थापना भएको एच.के. सोप इन्डष्ट्रिजका सञ्चालक हेमन्तकुमार दर्लामी आफै श्रम बजारबाट आएका व्यक्ति हुन् । उनीले आफ्नो जीवनकालको सात वर्ष पाँच महिना परदेशमा श्रममा विताएका छन् । २०७६ अघि साबुन उद्योग नै सञ्चालन गर्ने उदेश्यले उनी नेपाल फर्किएका थिए । दुई वर्ष पाँच महिना मलेशिया र पाँच वर्ष दक्षिण कोरियामा श्रम गरी आएको आम्दानीबाट अहिले लेकवेशी साबुन बजारमा उपलब्ध भएको हो । उनले भने, ‘विदेशमा म म्यानुफ्याक्चर कम्पनीमा काम गर्थे । त्यहीवेलाबाट नै उद्योग नै शुरु गर्ने योजना गरेको हुँ ।’ नेपाल फर्केको करिव तीन महिनामा उनले उद्योग सञ्चालनको प्रक्रिया अघि बढाएको बताउँछन् ।

औपचारिक शिक्षाका रुपमा उनले एसएलसी उत्तिणर् गरेका छन् । सोपछि विज्ञान विषय अध्ययन गर्ने रुची गरेका उनलाई घरबाट नै अध्ययन गर्ने अवसर प्राप्त भएन । ‘त्यो वेला विज्ञान पढ्न वाहिर जानुपथ्र्यो । घरकाले वाहिर जान दिनुभएन’, उनले भने । सो पछि अन्य विषयमा ११-१२ कक्षा अध्ययन गरेपछि उनको औपचारिक शिक्षा त्यही सिमित भयो । रोजगारीको सिलसिलामा उनी विदेश पलायन भए ।
उनी भन्छन्, ‘मलाई व्यापार कसरी गर्ने भन्ने ज्ञान छैन । तर उद्योग व्यवस्थापन, उत्पादन तथा सुरक्षाका विषयमा भने विदेशमा सिक्ने अवसर पाए ।’ विदेशमा श्रम बजारमै रहँदा उद्योग स्थापना गर्ने योजना बनाएको उनले सुनाए ।

चार करोड लगानी भईसक्यो

हालसम्म उद्योगमा चार करोड रुपैयाँ बढी लगानी भईसकेको छ । ‘ए’ र ‘बि’ दुई गुणस्तरमा उद्योगले पाँच वटा रंगका साबुन उत्पादन गर्छ । २०७६ सालदेखि नै उद्योग स्थापना प्रक्रिया शुरु भएको थियो । तर कोभिड-१९ संक्रमण समयले उद्योगबाट उत्पादनको मिति दुई वर्ष पछि सर्‍यो । २०७८ बाट मात्रै उद्योगले लेकवेशी साबुनलाई बजारमा ल्याएको हो ।

उद्योगसँग अहिले प्रति घण्टा पाँच क्विन्टल साबुन उत्पादन गर्न सक्ने क्षमता छ । साबुनको संख्याका आधारमा उद्योगको उत्पादन क्षमता एक घण्टामा करिव दुई हजार वटा भन्दा धेरै हो । तर हालको समयमा बजारमो माग अनुसार मात्र उद्योगले साबुन उत्पादन गर्छ ।

‘ब्राण्डको नाउँ लेकवेशी नै किन ?’, भन्ने प्रश्नको जवाफ दिदै उद्योग सञ्चालक दर्लामीले भने, ‘म विदेश जाँदा हाम्रो गाउँ साटाखानी गाउँ विकास समितिमा पथ्र्यो । म फर्किदा लेकवेशी नगरपालिका भइसकेको रहेछ । आफ्नो ठाउँको माया लाग्यो अनि लेकवेशी नै राखौँ भन्ने सोचे ।’ पूर्वाधारका रुपमा कणर्ालीमा उद्योग स्थापना गर्न कम चुनौती छैन । पहिलो कुरो, उद्योगलाई विद्युत उपलब्ध गराउँन उनले ३० लाख रुपैयाँ लगानी गरे ।

उद्योगसम्म तार, पोल तथा ट्रान्सफर्मर जोड्न यति धेरै खर्च भयो । यसमा प्रक्रिया पनि सकसपूणर् नै रहेको उनको अनुभव छ । यसैगरी उद्योगलाई आफ्ना उत्पादन १२ औं महिना निर्यात गर्न पनि सकस छ । हालको अवस्थामा धुलियाविट-सहारे सडकखण्डमा सबै समयमा यातायात सञ्चालनमा समेत कठिनाई छ ।

अन्यन्त्र स्थानमा सबै स्थानमा सडक पूर्वाधारमा राम्रो पहुँच छैन । विदेशमा रहँदाको कमाइले दर्लामीले वीरेन्द्रनगर नगरपालिकामा तीन-चार स्थानमा घडेरी खरिद गरेका थिए । नेपाल फर्केर उनले जग्गा बिक्रि गरे र त्यसैको आम्दानीबाट उद्योग सञ्चालन गरेका हुन् । अहिले पाँच कट्ठा क्षेत्रफलमा उद्योग सञ्चालनमा छ । करिव १५ जना स्थानीयहरु उद्योगसँग प्रत्यक्ष रोजगारीमा जोडिएका छन् ।

दुई गुणस्तरमा पाँच रङ्ग

उद्योगले हाल दुई गुणस्तरमा साबुन उत्पादन गरिरहेको छ । ‘ए’ र ‘बि’ ग्रेड तर्फ दुई सय र दुई सय ५० ग्राम तौलका साबुनहरु उत्पादन हुन्छन् । यि साबुनहरु माग अनुसार विभिन्न रंङ्गमा समेत उपलब्ध छन् । सुगा, सुन्तला, कालो, दुध र क्रिम रंङ्गमा उद्योगले साबुनहरु उत्पादन गरिरहेको छ । बंगादेश तथा भारतलगायतका मुलुकबाट उद्योगको कच्चा पदार्थ आयात हुन्छ । बजारमा साबुनको उपभोक्ता मूल्य ५५ र ४५ रुपैयाँ रहेको छ ।

आगामी समयमा उत्पादनका क्षेत्रमा उद्योगमा विविधता ल्याउँने उनको योजना छ । साबुन मात्र नभईकन सरफ र सफाई मेशिनका लागि झोलमा साबुन समेत उत्पादन गर्ने योजना रहेको दर्लामीले सुनाए । उनले भने, ‘यो क्षेत्र कहिल्यै बन्द नहुँने क्षेत्र हो । मानिसले कपडा धुन अहिलेको जस्तो साबुनको प्रयोग गर्न छाड्लान् । तर, त्यो बेलामा कपडा धुन सबैको घरमा वासिङ्ग मेशिनहरु भने हुनेछन् । हामीले पनि वासिङ्ग मेशिनका लागि झोलमा साबुन उत्पादन गर्नेछौँ ।’

तपाईको प्रतिक्रिया