इन्डो-नेपाल-बङ्गलादेश मिडिया कान्क्लेव २०२३ सम्पन्न

सुर्खेत । दक्षिण एशियाली मुलुक बिच आपसी सद्भाव र सहकार्य वृद्धि गरी साझा समृद्धि हासिल गर्नुपर्ने निचोडसहित ‘इन्डो-नेपाल-बङ्गलादेश मिडिया कन्क्लेभ-२०२३’ सम्पन्न भएको छ । हालै सम्पन्न भारतस्थित प्रेस क्लब अफ, आगरा र उत्तर प्रदेश पत्रकार संघको आयोजना तथा सार्क जर्नालिष्टस फोरमको सहयोगमा आयोजित कार्यक्रममा नेपालका २५, बंगलादेशका १२ र भारतका करिब तीन सय पत्रकार सहभागी थिए ।


भारतका केन्द्रीय कानुन राज्यमन्त्री प्रा एसपी सिंह बघेलले उदघाटन गरेको सम्मेलनमा भर्चुअल रूपमा सम्बोधन गर्दै उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारिता लोकतन्त्रको चौथो स्तम्भ भएको उल्लेख गर्दै सत्ता र पत्रकारिता बिचको खाडल हटाएर लोकतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिए ।


सार्क जर्नालिस्ट फोरमका अध्यक्ष राजु लामाले दक्षिण एशियामा भारतमा पनि पत्रकारले लोकतन्त्रको रक्षाका लागि सधैं अग्रपंक्तिमा लडेको जनाउँदै अफगानिस्तानका पत्रकारले भोग्नुपरेका समस्याबारे ऐक्यबद्धता जनाउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया