३० जना महिलालाई सिपमुलक तालिम

सुर्खेत । वीरेन्द्रनगरमा पाँच दिने सिपमुलक तालिम सुरु भएको छ । सोमबार  सनराइज बैंक र देउती मल्टिकन्सल्टिङ प्रालिको सहकार्यमा दुग्ध उत्पादन र मूल्य श्रृङ्खला सम्बन्धि सिपमुलक तालिम तथा वित्तिय सांक्षरता सुरु भएको हो ।

उत्तरगंगा उद्यम सामाजिक महिला सहकारी संस्थामा आवद्ध ३० जना महिलाहरुको सहभागिता रहेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत महिलाहरुलाई विभिन्न सिपमुलक तालिम दिएर आयआर्जनमा जोड्न र वित्तीय अनुसाशन कायम गराउने उद्देश्यले तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया