कक्षा अनुमति नभएपछि सञ्चालक पन्छिए, विद्यार्थीको भविष्य अन्यौल

मुगु । जिल्लास्थित समता स्कुलमा अध्ययनरत विद्यार्थी अन्यौलमा परेका छन् । स्थापना भएको पाँच वर्षे नबित्दै सञ्चालकले हात झिक्न थालेपछि समतामा अध्ययनरत एक सय ३० जना विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ । विद्यालय सञ्चालनका लागि छायाँनाथ रारा नगरपालिकाले दुई कक्षासम्मको अनुमति दिएको भए पनि विद्यालयले पाँच कक्षासम्म सञ्चालन गरेको छ ।

२०७५ मा मदनबहादुर हरिबहादुर फाउण्डेशनद्वारा यो विद्यालय सञ्चालनमा आएको हो । विद्यालयमा गरिब, दलित, पिछडिएका बालबालिकाले सहज गुणस्तरीय शिक्षा पाउने भन्दै विद्यालयका प्रमुख सञ्चालक उत्तम सञ्जेल र सुदर्शन पौडेलले मुगुमा विद्यालय स्थापना गराएका थिए ।

अन्य विद्यालय भर्ना हुनका लागि स्थानान्तरण प्रमाणपत्र आवश्यक पर्छ, त्यो विद्यालयले दिने अवस्था छैन । विद्यालय स्तर एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली विद्यालयले अद्यावधिक गराएको पनि छैन ।

यसो नहुँदा अन्य विद्यालयमा भर्ना हुन समस्या भएको सहायक प्रधानाध्यापक समुन्द्रकुमार मल्लले बताउँछन् । छायाँनाथ रारा नगरपालिकाले कक्षा दुईसम्मको मात्रै अनुमति लिई कक्षा ४ सम्म कक्षा सञ्चालन गर्न नदिनु सकारात्मक नभएको उनले बताए ।

विद्यालय नियमविपरीत चलेको आफूले थाहा नपाएको र गएको अन्तिम वार्षिक परीक्षाबाट मात्रै थाहा पाएको उनको भनाई थियो । यतिमात्रै होइन पाँच जना शिक्षकले नौ महिनादेखि तलबसमेत पाएका छैनन् ।

विद्यालय प्रशासन र संस्थापकको झूटो आश्वासनले नौं महिनादेखि आफूहरूले तबल नपाएको शिक्षकहरुको गुनासो छ । यो विषय बुझ्न समता स्कुलका संस्थापक कणर्ाली प्रदेशको जिम्मेवारी पाएका सुदर्शन पौडेल सम्पर्कमा आउन चाहेनन् ।

तपाईको प्रतिक्रिया