साहित्यकार गिरीको पुस्तक विमोचन

सुर्खेत । साहित्यकार लक्ष्मण देव गिरीको पुस्तक विमोचन भएको छ । गिरीद्वारा लिखित सुर्खेतका केही चर्चित व्यक्ति र विविध वृत्तान्त नामक पुस्तक सार्वजनिक भएको हो । शनिवार वीरेन्द्रनगरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार महेन्द्रप्रसाद गिरीले विमोचन गरेका हुन् ।

पुस्तकमा सुर्खेतको राजनैतिक, शैक्षिक, प्रशासनिक र साहित्यिक क्षेत्रमा महत्वपूणर् योगदान पुर्‍याउँदै ख्याती कमाएका व्यक्तिहरुको जीवनी प्रस्तुत गरिएको छ । चार खण्डमा विभाजित गरिएको उक्त पुस्तकमा सुर्खेतको चिनारी, विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्ति तथा व्यक्तित्व, सुर्खेतका शैक्षिक र अन्य संस्था तथा सुर्खेत जिल्ला सम्बन्धी विविध जानकारीहरु समावेश गरिएको छ ।

विमोचन कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार महेन्द्रप्रसाद गिरीले पुस्तकबाट सुर्खेत जिल्लाको समर्ग इतिहास नियाल्न सकिने बताए । पुस्तकमा केही कमजोरी रहेको उल्लेख गर्दै आगामी दिनहरुमा थप परिस्कृत भएर पुस्तकले निरन्तरता पाउनेमा आशावादी रहेको उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया