संक्रमणकालिन न्यायको पहुँचमा छैनन् महिला

सुर्खेत । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिलाहरु अझै पनि संक्रमणकालिन न्यायको पहुँचभन्दा बाहिर रहेको बताएकी छन् । शुक्रबार मानवअधिकारका लागि महिला एकल महिला समूहले वीरेन्द्रनगरमा आयोजना गरेको महिला शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्तावना १३२५ र १८२० को दोस्रो राष्ट्रिय कार्ययोजना सम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष पराजुलीले यस्तो बताएकी हुन् ।

सशस्त्र द्वन्द्वको चपेटामा सबैभन्दा बढी महिला र बालबालिका परेको भन्दै राज्यले संक्रमणकालिन न्यायमा ध्यान नदिएको अध्यक्ष पराजुलीको भनाई छ । द्वन्द्वको समयमा यौनिक हिंन्सामा परेका महिला तथा बालबालिकालाई राज्यको मुल प्रवाह वा शान्ति पक्रियामा जोड्नका लागि राज्य गम्भिर हुनुपर्ने उनको धारणा छ ।

सरकारले पहिलो कार्ययोजना १३२५ निर्माण गर्दा महिला यौन हिंन्सालाई परिभाषित नर्गदा द्वन्द्वका समयमा बलात्कृत भएका एक सय ४७ जना महिलाले अझै पनि न्याय नपाएको आयोगकी सदस्य लिलि थापाले बताइन । यस्तै, राष्ट्रिय मानव अधिकार आयोगका कणर्ाली प्रदेश प्रमुख लोकनाथ बास्तोलाले संयूक्त राष्ट्रसंघले द्वन्द्वका समयमा महिला र बालबालिका बढी प्रभावित हुने मान्यता अनुसार नेपालले पनि महिला र बालबालिकाको सुरक्षाका लागि कार्ययोजना तयार पारी लागु गर्न लागेको बताए ।

लैङ्गिक तथा यौनिक हिंन्सामा परेका महिला तथा बालबालिकाको अर्थपूण सहभागिता गराउँदै राहत तथा पुनरस्थापनामा जोड दिनका लागि कार्ययोजना तयार पारिएको प्रमुख बास्तोलाको भनाई थियो । यस्तै कार्यक्रममा बोल्दै सक्रमणकालिन न्यायका विषयमा स्थानीयतहरु गम्भिर भएर लाग्नु पर्ने धारण राख्दै हिन्सा पीडितहरुको उचित व्यवस्थापन र संरक्षणमा लागि पर्ने बताए ।

तपाईको प्रतिक्रिया