विषयगत समितिका सदस्यहरुलाई अभिमुखीकरण

सुर्खेत । कर्णाली प्रदेशसभाको विषयगत समिति अन्तर्गतको विधायन तथा प्रदेश मामिला समितिका सदस्यहरुलाई अभिमुखीकरण तालिम दिइएको छ । बिहीबार प्रदेशसभा सचिवालयले नव नियुक्त समितिका सदस्यलाई समितिको काम र जिम्मेवारीका विषयमा अभिमुखीकरण गरारएको हो ।


कर्णाली प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले समितिका सभापति र सदस्यहरूको काम, कर्तव्य र जिम्मेवारीका विषयमा अभिमुखीकरण गराएका हुन् । कार्यक्रमका प्रमुख अथिति कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङको समितिका सदस्यहरुलाई बधाई तथा शुभकामना दिइएकी थिइन् । विधायन तथा प्रदेश मामिला समितिका सचिवालय सचिव मदन खड्काले समितिलाई चलायमान र प्रभावकारी बनाउन कर्मचारीकोतर्फबाट सक्दो साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए ।
गएको १७ गते गठन भएको समितिमा जानकी सिंह, पूणर्बहादुर खत्री, सुरेश अधिकारी, रणसिंह परियार, महेन्द्र केसी, टेकराज पछाई, दक्षिणा शाही र कल्यानी खड्का सदस्य छन् ।

तपाईको प्रतिक्रिया