प्रदेशसभाका विषयगत समितिले पाए पूर्णता

सुर्खेत । कर्णाली प्रदेश सभाका विषयगत समितिले नेतृत्व पाएका छन् । प्रदेशसभा गठन भएको झण्डै चार महिनापछि विषयगत समितिहरुले पूणर्ता पाएका हुन् । सभाको पहिलो अधिवेशनको पन्ध्रौं बैठकमा सभामुख नन्दा गुरुङले विषयगत समिति गठन गरिएको जानकारी दिईन् ।

कर्णाली प्रदेश सभा नियमावलीको परिच्छेद-२१ मा प्रदेश सभाको समितिहरु सम्बन्धी व्यवस्था गरिएको छ । संविधानको धारा १९३ बमोजिम प्रदेश सभाको कार्यप्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन विषयगत समिति, विशेष समिति र आवश्यकता अनुसार अन्य समिति गठन गर्नुपर्छ । त्यसअनुसार विषयगत समिति गठन गरिएको हो ।

नियमावलीको नियम १५७ बमोजिम प्रदेश सभाको पहिलो बैठक बसेको तीन महिनाभित्र सभामुखले प्रत्येक समितिका सभापतिको निर्वाचन गरिसक्नुपर्ने हुन्छ । तर, सभाको पहिलो बैठक पुस १८ गते बसेको थियो । नियामावली अनुसार तोकिएको अवधिमा विषयगत समितिको गठन हुन सकेको थिएन । कर्णाली प्रदेशसभामा विभिन्न चार वटा विषयगत समितिहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया