कर्णालीका कृषि मन्त्रीको चुनाव खर्च १९ लाख

सुर्खेत । सल्यान प्रदेशसभा (क) बाट निर्वाचित प्रदेशसभा सदस्य एवम् कर्णालीका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले पहिलो हुने निर्वाचन पणाली अन्तर्गत प्रदेशसभातर्फको निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन आचार संहिता बमोजिम मन्त्री शर्माले १९ लाख ८४ हजार २ सय ६२ रुपैयाँ बराबरको निर्वाचन खर्च विवरण सार्वजनिक गरेका हुन ।

शर्माले निर्वाचन खर्चमा सबैभन्दा बढी विविध र प्रतिनिधि परिचालनमा आठ लाख ७६ हजार पाँच सय रुपैयाँ खर्च गरेका छन् । यस्तै सवारी साधन र सवारी इन्धन वापत ४ लाख १८ हजार ६ सय ३०, प्रचार-प्रसार सामाग्री तीन लाख ३५ हजार ६ सय २२, गोष्ठी कार्यकर्ता परिचालन तीन लाख ५३ हजार ५ सय १० रुपैयाँ चुनावका दौरानमा खर्च भएको मन्त्री शर्माले सावर्जनिक गरेको खर्च विवरणमा उल्लेख छ । सार्वजनिक निर्वाचन खर्च पारिवारिक र सरसापटबाट जुटाएको मन्त्री शर्माले बताएका छन् ।

तपाईको प्रतिक्रिया