राजनीतिलाई स्थायित्व दिन ‘मिसन ग्रासरुट’

 सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई सशक्त बनाएर राजनीतिक स्थायित्व दिनका लागि दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताएका छन् ।

मंगलबार सुर्खेतमा मिसन ग्रासरुट अभियानअन्तर्गत कर्णाली प्रदेशको समीक्षा बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मिसन ग्रासरुट अभियानले मुलुकमा नयाँ तरंग पैदा भएको र एमालेलाई पहिलो पार्टी बनाएर राजनीतिमा स्थायित्व दिन मिसन ग्रासरुट अभियान सञ्चालन गरेको दावी गरे ।

निर्वाचनमा एमालेले अपेक्षाकृत नतिजा हाँसिल गर्न नसकेपनि जनतामा लोकप्रिय पार्टी बन्न सफल भएको उल्लेख गर्दै महासचिव पोखरेलले गठवन्धन नगरेर चुनाव लडेको भए एमाले पहिलो पार्टी हुने पनि दाबी गरे । उक्त बैठकमा अभियानका क्रममा पार्टी सुदिृढिकरणका लागि भएका प्रयास, कार्यकर्ताको अपेक्षा लगायत पार्टीको भावी रणनीतिका बारेमा बृहत छलफल हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया