हुम्ला । एक आर्थिक वर्षमा सुत्केरी भएका १ सय ६५ जनाले प्रोत्साहन भत्ता नपाएको पाइएको छ। हुम्लाको अदानचुली गाउँपलिका १ का महिलाहरु सुत्केरीे प्रोत्साहन भत्ता वापतको रकमबाट बञ्चित भएका छन् । गाउँपालिकाकाले आर्थिक वर्ष २०७८/०७९ को सुत्केरी भत्ता नदिएको जनाइएको छ ।
अदानचुली १ की तारा महताराले आफू सुत्केरी भएको दुुई वर्ष पुग्नै लाग्दासमेत सुत्केरी भत्ता नपाएको गुनासो गरिन् । पटक-पटक श्रीनगर स्वास्थ्य चौकीमा भत्ता माग्ना जाँदा निकासा नआएको जवाफ दिदै फर्काउने गरिएको उनको गुनासो छ । सुत्केरी महिलाले चार पटक गर्भ जाँच गरेको प्रति पटक चार सयका दरले एक हजार ६ सय र प्रसूतिगृहमा सुत्केरी भएबापत तीन हजार रुपैयाँ प्रोत्साहन भत्ता गरी चार हजार ६ सय रुपैयाँ हालसम्म नपाएको महताराको भनाई छ ।
श्रीनगर स्वास्थ्य चौकीको प्रसूतिगृहमा काम गर्दै आएकी एएनएम सुस्मिता फडेराले गाउँपालिकाका दुुई वटा स्वास्थ्य चौकी अन्तर्गतका प्रसूतिगृहमा सुत्केरी भएका महिलाहरूले एक वर्षको भत्ता नपाएको बताइन । उनका अनुुसार सुत्केरी भत्ता र गर्भजाँच गराएबापत पाउने एक हजार ६ सय रुपैयाँ नपाउने सुत्केरी महिलाहरूको संख्या १६५ जना छन् ।
यी महिलाहरुले स्वास्थ्य संस्थामा सुत्करी जाँच गराएको, सुत्केरी गराएवापत सात लाख ५९ हजार रकम लिन बाँकी रहेको छ ।
युग संवाददाता । । ५ बैशाख २०८०, मंगलवार १०:५९