प्रकाशकीय

हाम्रा सफलताका २३ औं वर्ष

निष्पक्षता, निर्भिकता र निरन्तरता हाम्रो मूल मन्त्र हो । २३ औं वार्षिकोत्सव मनाउन पाउँदा हामी ज्यादै हर्षित छौं । कर्णालीको प्रदेशको राजधानी सुर्खेतबाट प्रकाशित हुने धेरै पत्रपत्रिकाहरुमध्येको यस संस्थाले स्थापना तथा निरन्तरताको २२ औं वर्ष पूरा गरेको छ । २०५७ फागुन २४ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भई प्रकाशन प्रारम्भ भएको थियो । २०६६ चैत्र २९ गतेदेखि दैनिक प्रकाशन प्रारम्भ भयो । २०७६ भदौं १ गतेदेखि आफ्नो स्तरवृद्धि गरी ठूलो आकार (ब्रोडसिट) मा कर्णालीबाट पहिलो पटक प्रकाशन शुभारम्भ गर्न सफल भएका छौं । स्थानीय स्रोत, साधन, उपलब्ध प्रविधिको भरपूर उपयोग गर्दै हामीले आफ्नो प्रकाशनलाई थप परिस्कृत, परिमार्जित, सुव्यवस्थित साथ दैनिक फरक/फरक विषयवस्तुमा पाठकमाझ उपस्थिति जनाउने गरेका छौं ।

कोभिड-१९ को विश्वव्यापी महामारी, विश्व लकडाउनको अवस्थामा पनि देशका ठूला भनिएका सबै छापामाध्यम केही दिन बन्द भए । मोफसलमा रहेर हाम्रो टिमले आफ्नो प्रकाशनलाई एक दिनपनि नरोकि नियमित प्रकाशन गरेर महामारीको ठूलो संकटपूणर् अवस्थामा हाम्रा पाठकहरुलाई अन्यौलता, सन्त्रासमा सहि सूचना, जानकारी, सन्देश प्रवाह गरी पाठकलाई सचेत बनाएको अवगतनै छ । कर्णालीको रोग, भोक, अभाव, रोजगारी, उद्यमशीलतालाई छिचोल्दै कर्णालीको खानी, जल, जंगल, कृषि, जडिबुटीको उत्खनन्, प्रशोधन र पर्यटनको सम्भावना खोजीबारे पैरवी गरेका छौं ।

अझै सशक्त रुपमा गर्नेछौं । प्रदेश सरकार, संसद र स्थानीय सरकारका क्रियाकलापबारे नागरिकलाई जानकारी दिलाउनु हाम्रो मुख्य कर्म हो । पद, प्रतिष्ठा र शक्तिको दुरुपयोगबाट हुनसक्ने कानून विपरितका गतिविधिलाई रोक्न, सुधार गर्न खबरदारी गर्नु हाम्रो प्रमुख धर्म हो । अधिकारप्राप्त अधिकारीबाट हुन सक्ने अनियमितता, भ्रष्टाचार, मनपरीलाई खबरदारी गर्दै आम नागरिकका माझ जस्ता त्यस्तै सूचना, सन्देश, जानकारी उपलब्ध गराउन नियमित लागेकै छौं । पत्रिकामार्फत खोज, अनुसन्धानमूलक समाचार, लेख रचनासँगै कला, साहित्य, भाषाभाषी, लोककलाको संरक्षण र सम्वद्र्धनमासमेत हाम्रो प्राथमिकतामा रहेको छ ।

आयातमूखी मुलकको अर्थतन्त्रले संकटपूणर् अवस्थामा पुगेको व्यवसायी क्षेत्रका मुद्दाहरुलाई नियरन्तर उठाउँदै आएका छौं । स्थानीय उत्पादनको बजारिकरण, लागत महंगो, प्रचार प्रसारको अभावमा पलायन हुने अवस्थामा पुगेका स्थानीय कच्चा पदार्थमा आधारित उद्यमीहरुलाई प्रोत्साहन गर्न हामीले नियमित स्तम्भमार्फत स्थानीय उद्योगी, व्यवसायी र उत्पादनका बारेमा निरन्तर पैरवी गर्ने गरेका छौं ।
मुलुकमा भएको विभिन्न राजनीतिक परिर्वतनका बावजुद पनि जुन रुपले विकासले गति पाउनुपर्ने हो, त्यस ढगंले गति नपाउनु सिंगो मुलुकको लागि दुभाग्र्यपूणर् छ ।

राजनीतिक पुर्नसंरचनाले शक्ति पृथिकीकरण सिद्धान्तमा तीन तहमा अधिकार बाँडफाँड गर्दा पनि आ-आफ्ना कार्यक्षेत्रमा इमान्दारिपूर्वक कार्य नहुँदा जनताको चाहना, आकांक्षा र मूलभूत आवश्यकता पूरा भएको देखिँदैन । यसप्रति हाम्रो चिन्ता र चासो निरन्तर रहँदै आएको छ । प्रेस स्वतन्त्रता, मानव अधिकार, समानता, पहिचान, शान्ति, न्याय र विकासका लागि संघर्षरत जाति, वर्ग, समुदाय र क्षेत्रका मुद्दा हाम्रो प्राथमिकता रहँदै आएका छन् ।

ठूला उद्योग, कलकारखानाको अभाव, सीमित स्रोतसाधन, भौगोलिक विकटता, सार्वजनिक खरिद ऐन/नियमावली मोफसलका मिडियामैत्री नहुँदा सरकारी विज्ञापन काठमाडौं केन्द्रित हुनु, विज्ञापन बजारमा रहेको अस्वस्थ प्रतिस्पर्धा र विकृतिले समग्र मिडिया उद्योगलाई नै धराशायी बनाईरहेको छ । मोफसलमा सानो विज्ञापन बजार र भौगोलिक विकटता रहेको कणर्ालीमा यो काम सजिलो भने पक्कै छैन । तर पनि हाम्रा आमपाठक, विज्ञापनदाता र शुभेच्छुकहरूको मायाले हामी उत्साहित नै छौं । समग्र कणर्ाली प्रदेशको विकास र समृद्धिका लागि आगामी दिनमा हाम्रो उपस्थिति सशक्त हुनेछ ।

सञ्चारजगतको विकास क्रमशः प्रिन्ट मिडियापछि अनलाइन, युट्युव हुँदै इलेक्ट्रोनिक (विद्युतीय) मल्टिमिडियाले व्यापकता पाएको छ । प्रविधिमा भएको विकास र विश्वका आम नागरिकको पहुँच विस्तार भएसँगै मिडियाको उपयोगिता र पहुँच बढ्दै गएको छ । यसर्थ हामीले पत्रिकालाई आमनागरिकको हातहातमा पुर्‍याउन मल्टिमिडियाको भरपूूर उपयोग र परिचालन गरिरहेकै छौं । अन्त्यमा, यस दैनिकको शिर उच्च राख्न अहोरात्र कार्यक्षेत्रमा खटिने सम्पूणर् पत्रकार, कर्मचारीहरु, संस्थाको प्रगति, दिगोपना र सफलताका लागि माया गर्नुहुने सम्पूणर् पाठक, लेखक, विज्ञापनदाता र शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

दीपककुमार बुढाक्षेत्री

प्रकाशक/सम्पादक

तपाईको प्रतिक्रिया