सुर्खेत । सल्यानमा माटोको ढिस्कोले पुरिदा एकजनाको मृत्यु भएको छ । आइतबार जिल्लाको बागचौर नगरपालिका-१, धारापानीका १७ वर्षीय नवीन केसीको माटोको ढिस्कोले पुर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घटनामा परी २५ वर्षीय राजन बस्नेत घाइते भएका छन् । बागचौर नगरपालिका-२, ठिनवाङ खोलामा
तारजाली भर्न जेसिबीले खाडल खनिरहेको अवस्थामा काम गरिरहेका केसीलाई माथिबाट आएको माटोको ढिस्कोले पुरेको थियो । गम्भिर घाईते भएका केसीको थप उपचारका लागि सल्यान जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।
जेसिबी चालक सल्यान शारदा नगरपालिका-१३ का २५ वर्षीय सुमन योगीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
युग संवाददाता । । ३ बैशाख २०८०, आईतवार १७:३७