कर्णालीमा १३ औं राष्ट्रपति रनिङ् शिल्ड छनाैट प्रतियाेगिता शुरु

सुर्खेत । कर्णाली प्रदेशस्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु भएकाे छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आइतबार एक समाराेहका बिच प्रतियाेगितकाे उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले कर्णाली खेल क्षेत्रको समेत उर्वरभूमि भएको उल्खेख गरे । “कर्णालीले गनिज बुक अफ वल्र्ड रेकर्ड्स नेपालको नाम चिनाउने हरिबहादुर रोकाय जस्त ख्याती प्राप्त म्याराथुन धावक जन्माएको छ,” मुख्मन्त्री शर्माले भने, “उहाँको प्रेरणाले पछिल्लो समयमा खेल क्षेत्रमा प्रगति भइरहेको छ ।”

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने गरी प्रदेश सरकारले गौरवको आयोजना रंगशाला निर्माणको कार्यलाई तदरुकताका साथ अगाडि बढाएको मुख्यमन्त्री शर्माकाे भनाई छ । कर्णाली दौडिन्छ भन्ने मूल नारा बोकेर अगाडि बढेको प्रदेश सरकारले खेल क्षेत्रको विकास र खेलाडीहरुको वृहत्तर हितमा काम गर्ने उनकाे भनाई थियो ।

तपाईको प्रतिक्रिया