कर्णालीका मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेश मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभा मार्फत पुनः विश्वासको मत लिने भएका छन् । बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाउदै मुख्यमन्त्री शर्माले शुक्रवार विश्वासको मत लिन लागेका हुन् ।

गत फागुन १८ गते सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्य गरेपछि शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । ‘ संविधानको धारा १८८ को उपधारा दुई बमोजिम प्रदेश सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले चैत १७ गते उक्त व्यवस्था मिलाई दिन अनुरोध गरिएको छ ।’

मुख्यमन्त्री शर्माले प्रदेशसभामा पठाएको पत्रमा भनिएको छ । कर्णालीमा नेकपा एमाले, नेकपा माओवादी, एकिकृत समाजवादी र राप्रपा सम्मिलित सरकार बनेको थियो । तर, केन्द्रमा बदलिएको राजनीतिक समिकरणले राप्रपा सरकारबाट बाहिरिने निणर्य गरेको थियो । कुनै पनि सत्ता साझेदार दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको खण्डमा समर्थन फिर्ता भएको मितिले ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्ने कानूनी प्राव्धान रहेको छ ।

मुख्यमन्त्री शर्माले माघ ६ गते विश्वासको मत लिएका थिए । तर हालसम्म सत्ता साझेदार दल नेकपा एमाले र कांग्रेस कसले शर्मालाई विश्वासको मत दिने भन्ने विषय टुङ्गो लागेको छैन । माओवादीले कांग्रेस र एमाले दुवैलाई सहमतीमा ल्याएर विश्वासको मत लिने वातावरण मिलाउने प्रयासमा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता कृष्ण जिसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया