जिमएआरद्वारा २३ जना युवालाई व्यवसायिक तालिम प्रदान

सुर्खेत । भारतीय जलविद्युत निर्माण कम्पनी जिएमआरले दैलेख, सुर्खेत र अछाम जिल्लाका २३ जना युवाहरुलाई व्यवसायिक ३ महिने तालिम प्रदान गरेको छ । माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना प्रभावित क्षेत्रका युवाहरुलाई आधारमूत कम्प्यूटर, हाउस वायरिङ्ग, वेल्डिङ्ग, जेसीवी अपरेटर र कुकको तालिम प्रदान गरेएको जीएमआरले जनाएको छ ।

भरलाकास्मी फाउन्डेसनले विपन्न बालबालिका र युवाहरूलाई शिक्षा र व्यावसायिक तालिम प्रदान गर्ने, समुदायहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने र महिला तथा पिछडिएका समूहहरूका लागि जीविकोपार्जनका अवसरहरू सिर्जना गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू गर्दै आएको जनाएको छ ।

परियोजना कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तहका १६ पुरुष र ६ महिलाहरुलाई छनोट गरी दिल्लीको व्यवसायिक प्रशिक्षण संस्थान भीटीआईमा आवासिय सुविधासहित ३ महिनले (जनवरी २०२३ देखि मार्च २०२३) लामो तालिममा सहभागी गराएको थियो ।

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सन्दर्भमा सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभावित क्षेत्रका नागरिकको जीवनस्तरमा सुधार ल्याउन योगदान दिनुपर्छ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै जिएमआरले सन् २००९ देखि कर्णाली प्रदेशको दैलेख र सुर्खेत जिल्ला र सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा विभिन्न सामाजिक कार्यमा योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया