कर्णालीलाई पदक दिलाउने खेलाडी पुरस्कृत

सुर्खेत । कर्णाली प्रदेश सरकारले विभिन्न बिधाका खेलमा कर्णालीलाई पदक दिलाउने खेलाडीहरुलाई पुरस्कृत गरेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न बिधाका खेलमा स्वणर्, रजत र कास्य पदक दिलाउने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

सन् २०२१ मा भारतको सिक्किममा आयोजित स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा स्वणर् पदक विजेता सुर्खेतकी खगिसरा घर्ती नगद दुईलाखसहित सम्मान गरिएको छ । यस्तै गत भदौ २१ देखि असोज ३ गतेसम्म काठमाण्डौमा सम्पन्न साफ महिला फुटबल प्रतियोगितामा रजत पदक विजेता हुम्लाकी दीपा शाहीलाई ५० हजार, गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उसुमा स्वणर् विजेता सुर्खेतका दीपक हमाल र एथलेटिक्समा स्वणर् विजेता जुम्लाका दुर्गबहादुर बुढालाई दुई-दुई लाख नगदसहित सम्मान गरिएको हो ।

त्यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत जित्ने चार जनालाई प्रतिव्यक्ति जनही एक लाख ५० हजार र कास्य पदक जित्ने ११ जना खेलाडीलाई नगद एकरएक लाख, काठमाडौंमा सम्पन्न १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कर्णालीलाई स्वर्ण दिलाउने सुर्खेतका सुरेश चौधरी र अजय विक तथा कालिकोटका भावना फर्साललाई २०र२० हजार नगदसहित सम्मान गरिएको हो ।

यस्तै सोही प्रतियोगितामा रजत पदक विजेता सात जना खेलाडीलाई १५ हजार र कास्य पदक विजेता १६ जनालाई १० हजारका दरले पुरस्कार वितरण गरिएको हो । कर्णालीलाई पदक दिलाउने खेलाडीको सम्मान र उनीहरूमा थप उत्प्रेरणा बढाउन नगद पुरस्कार उपलब्ध गराइएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।

पदक विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाईले कर्णालीमा खेलकुदको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

तपाईको प्रतिक्रिया