कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त

सुर्खेत । कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्ष योगेन्द्र शाही नियुक्त भएका छन् । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाका शाही यसअघि आयोगको सदस्य बनेका थिए । उनी सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत हुन् ।

४ मंसिरको चुनावमा उनी एमाले त्यागेर नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य चुनाव लडेका थिए । तर, उनी एमाले उम्मेदवारसँग पराजित भएका थिए । उनी तत्कालीन मुख्यमन्त्री महेन्द्र शाहीको कार्यकालमा योजना आयोगको सदस्य बनेका थिए । तर, नेकपा विभाजन भई एमाले र माओवादी छुट्टिँदा उनी एमालेमा रहेका थिए र सदस्यबाट राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया