दैलेखमा ग्यास बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

सुर्खेत । दैलेखेमा मनकामना ग्यास बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गुराँस गाउँपालिका ४ तालपोखरी बजार नजिक बुधबार विहान नेपालगञ्जबाट दैलेखका लागि ग्यास लिएर जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक दुर्घटनामा परी चालकसहित तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा चालक कृष्ण चौधरी, लक्षिराम चौधरी र विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किसोर लम्सालले जानकारी दिए । लम्सालका अनुसार सहचालक प्रकाश कुमाई घाईते भएका छन् । ट्रक सडकबाट झण्डै १५० मिटर तल खसेको छ ।

तपाईको प्रतिक्रिया