लेकवेशीकाे मनलाग्दी निर्णय

शिक्षक हटाउन गरेकाे निणर्य सच्याउन माग गर्दै ज्ञापन पत्र

दिलिप ढकाल

सुर्खेत ।

नेपाल शिक्षक महासंघ लेकबेशीले करार शिक्षक हटाइएको विरोधमा नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

शुक्रवार लेकवेशीले एक सूचना जारी गरी नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत स्वयम् सेवक तथा पिसिएफ करार शिक्षकलाई चैत १ गतेबाट लागु हुने गरी हटाउन गरेको निणर्य तत्काल सच्याउन माग गर्दै संघले ज्ञापन पत्र बुझाएको हो ।

आन्तिरिक आयले तलव खुवाउन नसक्ने भन्दै लेकवेशीले शिक्षक हटाउने निणर्य गरेको थियो ।

पढ्नुहाेस् लेकवेशीले शिक्षक हटाउन गरेकाे निर्णय

आन्तरिक स्रोतले तलव खुवाउन नसकिने भन्दै लेकबेशीले हटायो करारमा कार्यरत शिक्षक

शिक्षाप्रति  गैर जिम्वेवारीपन देखाउदै गरिएको त्रुटिपूर्ण निर्णय घोर आपत्तिजन रहेकाे भन्दै महासंघले स्थानीय सरकारलाई शिक्षा क्षेत्रको सम्बेदनशिलता र बालबालिकाको भबिष्य प्रति जिम्मेवार हुन अनुराेध गरेकाे छ।

हेर्नुहोस् ज्ञापन पत्र ।

तपाईको प्रतिक्रिया