सुर्खेत । कर्णालीका आठ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चार/चार स्थानमा विजय प्राप्त गरेका छन् ।
अनेरास्ववियूको तर्फबाट सुर्खेतको सिम्ता बहुमुखी क्याम्पसमा घनश्याम रेग्मी, अमरदीप क्याम्पसमा अनुप ढकाल र भेरी क्याम्पस गुमीमा शक्ति पाैडेल विजयी हुँदा हिमशिखर बहुमुखी क्याम्पसमा सिर्जना रसाइली निर्विरोध निर्वाचित भएकी छन् ।
यस्तै नेविसंघका तर्फबाट दैलेखको चामुण्डा क्याम्पसमा सुनिल शाही, मगुको रारा बहुमुखी क्याम्पसमा राज तामाङ्ग र कालिकोटको नन्दादेवी बहुमुखी क्याम्पसमा जुनिता विष्ट र सुर्खेतको गुर्भाकोट बहुमुखी क्याम्पसमा गोपाल खड्का स्ववियू सभापतिमा विजयी भएकी छन् । अन्य क्याम्पसहरुको नतिजा आउनेक्रम जारी छ ।
युग संवाददाता । । ५ चैत्र २०७९, आईतवार १९:४८