आज स्ववियु निर्वाचन

सुर्खेत । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । ६० आङ्गिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन हुन लागेको जनाइएको छ ।

सुर्खेत बहुमुखी क्याम्पसमा पनि केही बेरमा मतदान सुरु हुँदैछ । स्ववियु सभापतिका लागि स्वतन्त्रसहित ७ जना चुनावी मैदानमा छन् भने करिव ३८ सय मतदाता रहेका छन् । यस्तै मध्यपश्चिम विश्वविद्यालकाे केन्द्रीय क्याम्पसबाहेक अन्य १० वटा आंगिक क्याम्पसहरुमा पनि निर्वाचन हुँदैछ ।

मतदान बिहान ८ देखि अपराह्न ४ बजेसम्मका लागि निर्धारण गरिएको छ । अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध नयाँ समिति निर्वाचित भइसकेकाे छ । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन केही वर्षदेखि नियमित हुन सकेको थिएन ।

तपाईको प्रतिक्रिया