खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारीलाई सचेतना
सुर्खेत । भेरीगंगा नगरपालिकाले खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारीलाई खानेपानी व्यवस्थापन तथा गुणस्तर सम्बन्धि राष्ट्रिय नीतिमा व्यवस्था भएका स्थानीय ऐन तथा कार्यविधिका बारेमा सचेतना गराइएको छ ।
खानेपानी सरसफाइ तथा स्वच्छ्ता दिगो बिकास लक्ष्य परियोजना अन्तर्गत एन्फो संस्थाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रशाद ढकालले नगरमा खानेपानी र सरसफाईका क्षेत्रमा हालसम्मका प्रगति र आगामी कार्ययोजनाका बारेमा प्रकाश पारेका थिए ।
यस्तै कर्णाली प्रदेशको भौतिक पुर्वाधर, उर्जा तथा जलस्रोत मन्त्रालयका वरिष्ठ डिभिजन इन्जिनियर रमेश सुबेदीले नेपालले बिगतका बर्षहरुमा खानेपानी तथा सरसफाइका लागि गरेका प्रयासहरु तथा खानेपानी ब्यवस्थापन तथा गुणस्तर सम्बन्धि राष्ट्रिय ऐन तथा कार्यबिधिमा अवलम्बन गरिएका प्रयासहरुका बारेमा जानकारी दिएका थिए ।
एन्फोका परियोजना संयोजक अनिल महर्जनले भेरीगंगा नगरपालिका भखरै तयार गरेको खानेपानी ब्यवस्थापन कार्यबिधिमा समेटिएका विषयवस्तुका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिक पदाधिकरीसहित करिव ७० जनाको सहभागिता रहेको थियो ।
