करेण्ट लागेर गम्भिर घाईते भएका हरिबहादुरको उपचारमा सहयोग गरिदिन परिवारको याचना

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका १ मनिरामकाँड स्थायी घर भएका हरिबहादुर दमाईको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि परिवारले सहयोगको याचना गरेका छन् ।

एक साताअघि भारतको उत्तराखण्डको बागेश्वर जिल्लाको समेश्वरमा काम गर्ने शिलशिलामा करेन्ट लागेर गम्भिर घाइते भएका हरिबहादुर दमाईको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।

हाल उनको भारतको नयाँ दिल्लीस्थित आत्कालिन अस्पतालमा उपचार भइ रहेको छ । हरिबहादुरको करेण्ट लागेर पुरै शरिर जलेको छ । उनको उपचारमा हालसम्म करिव तीन लाख बढी रकम खर्च भइ सकेको छ ।

दैनिक ज्याला मजदुरीबाट परिवारको गुजरा चलाउदै आएका हरिबहादुर अस्पतालको बेडमा पुगेपछि उनको परिवार समस्यामा परेको छ ।
हरिबहादुरको उपचारमा सहयोग गर्न चाहने इच्छुक दाताहरुले उनकी आमा लक्ष्मी दमाईको नाममा गरिमा विकास बैंकमा रहेको खाता नम्बर ०७२०१३०११०७९०३०००००१ वा मोवाइल नम्बर ९८२०४८३९९३ मा सम्पर्क गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया