वातावरणको स्थापना दिवसमा अन्तरक्रिया

सुर्खेत । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लिको बीसौं स्थापना दिवसको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । “कृषि शिक्षा स्वास्थ्य र रोजगार, वातावरण सेवाका मूल आधार” भन्ने मूल नाराका साथ सहकारी तथा लघुवित्तहरुको पछिल्लो अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले सहकारी तथा लघुवित्त कार्यक्रम विशेषतः मुलुकको गरिबी निवारणमा महत्वपूणर् औजार भएपनि अहिले विशेषगरी लघुवित्तका सम्बन्धमा नकारात्मक अभियान र धारणाहरु आइरहेको बताउँदै यो दुःखद् भएको बताए । उनले सहकारी तथा लघुवित्त कार्यक्रमहरुले देशका दुर्गम गाउँ बस्तीहरुमा गएर प्रभावकारी किसिमले वित्तीय लगायतका सामाजिक सेवाका क्रियाकलापहरु संचालन गरेको बताउँदै केही सिमित संस्थाका गतिविधिका कारण सिंगो लघुवित्त क्षेत्र नै बदनाम भएको बताए ।

संस्था संचालक समितिका अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा संस्थाका संचालक समिति, लेखा समिति तथा विभिन्न उपसमितिका पदाधिकारीहरु, शेयर सदस्यहरु एवं अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया