रासायनिक मलमा अनुदान घटाउने सरकारकाे निर्णयप्रति आन्दोलन गर्ने चेतावनी

सुर्खेत । सरकारले रासायनिक मलमा दिदै आएको अनुदान घटाउने निणर्य गरेपछि एमाले निकट अखिल नेपाल किसान महासंघ कर्णालीले विरोध जनाएको छ । सरकारले फागुन २६ गते रासायनिक मलमा दिदै आएको अनुदान कटौती गरेको निणर्यप्रति संघले आपत्ती जनाउदै आन्दोलनको चेतावनी दिएको हो ।

संघका प्रदेश अध्यक्ष बखतबहादुर भण्डारीद्वारा जारी प्रेस विज्ञप्तीमा संगठनले सरकारको अनुदान कटौतीको निणर्यले कृषिमा मूल्यवृद्धि भइ उपभोक्ता मारमा पर्ने निस्कर्ष निकाल्दै खेतीको समयमा मलको अभाव खेपरिहेका किसानलाई अझ समस्यामा धकल्ने प्रयास सरकारले गरेको उल्लेख छ ।

किसान महासंघका कर्णाली प्रदेश सचिव धर्मराज ढुंगानाले सरकारको तर्फबाट किसान र कृषि क्षेत्रका लागि दिँदै आएको एकमात्र अनुदान कटौती गर्ने निणर्य असंवेदनशिल र गैरजिम्मेवार भएको भन्दै अबिलम्ब फिर्ता  गर्न माग गरे । आफ्ना माग पुरा नभए चरणवद्ध आन्दोलनमा जाने ढुंगानाले चेतावनी दिए ।


यस्तै, चैत ३ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तथा स्थानीयस्तरमा संयुक्त किसान संघर्ष समिति घोषणा गरी संघर्षका कार्यक्रमहरु घोषणा गर्ने चेतावनी महासंघको छ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार