बागीना समूहद्वारा १६ विद्यालयमा नृत्य, गीत र संगित प्रशिक्षण

सुर्खेत । बागीना समूह सुर्खेत र वीरेन्द्रनगर नगर शिक्षा युवा तथा खेलकुद शाखाको संयूक्त आयोजनामा नृत्य, गीत र संगित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिकाका १ देखि १६ वटा वडामा १६ विद्यालय छनौट गरी प्रशिक्षण आयोजना गरिएको हो ।

गत मंसिर २५ गते वीरेन्द्रनगर ३ मा रहेको हरी डिलभुमिदेखि सुरु भएको प्रशिक्षण फागुन २८ गते आदर्श मावि मेहेलीमा पुगेर सम्पन्न भएको हो । विद्यार्थी तथा शिक्षक समावेश भएको प्रशिक्षणमा नृत्य, बाल गीत, संगित तथा अभिनय सम्बिन्धी प्रशिक्षण दिइएको थियो । समापन कार्यक्रममा बोल्दै यस्ता खालका कार्यक्रमले विद्यार्थीको सर्वाङ्गिण विकासमा सांगितिक टेवा पुग्ने नगर शिक्षा प्रमुख धिरेन्द्र शर्माले बताए ।

‘मैले अध्ययन तथा भ्रमणका बेला विदेशमा देखे सिकेका कुराहरुबाट प्रेरित भएर यस्ता सांगितक क्षेत्रहरुमा विद्यार्थीहरुलाई जोड्नु पर्छ भन्ने ध्येले यो कार्यक्रम सुरु गरेका हौं ।’ प्रमुख शर्माले भने, ‘यसले विद्यार्थीको सिकाईमा ठुलो मद्दत गर्दछ ।


परिक्षणको रुपमा अहिले हामीले विद्यालय छनौट गरेर कार्यक्रम गरेका छौं । अब क्रमिकरुपमा यस्ता कार्यक्रमलाई प्रत्येक विद्यालय तहसम्म पुर्‍याउने प्रयासमा लाग्नेछौं ।’

उक्त कार्यक्रममा बागीना समूह सुर्खेतका सल्लाहकार तथा संगितकार गंगा केसी, बरिष्ठ कलाकार प्रेमदेव गिरी, नृत्य निर्देशक कुलमान नेपाली, यज्ञ गिरी, सुन्दर श्रेष्ठ, कावा अध्यक्ष गणेश बस्नेत, खम्वराज गिरी, ज्ञानबहादुर नेपाली, खिम बस्याल, मिलन सुवेदी, देवराज गिरी, मनु मन्दिर, सुर्जा रावत लगायत कलाकारहरु सहभागी भएका थिए ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार