सल्यानमा भरुवा बन्दुककाे गाेली लागेर एक जनाको मृत्यु
सल्यान । सल्यानमा सिकार खेल्न गएका एक जनाको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे ९ स्वाराका अन्दाजी ४० वर्षिय चित्रबहादुर रावतको भरुवा बन्दुकको गोली लागि मृत्य भएको सल्यान प्रहरीले जनाएको छ ।
जंगलमा सिकार खेल्न गएको अवस्थामा सोही ठाउँका आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासि पड्किएर पेट र घाटिमा चोट लागि गम्भिर घाइते चित्रबहादुर रावतको उपचरका लागि सुर्खेत लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ । घटनामा संलग्न आइते रावत फरार छन् । उनको खोजी कार्य जारी रहेको निरीक्षक खनालको भनाई छ ।
