जुम्ला,१४ फागुन ।
कालीकोटको नरहरिनाथ गाउँपालिका–८ मा आगलागीमा परी घाइते भएका ४७ वर्षीय अदानसिंह विष्टलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । आगलागीमा दुई जना घाइते भएकोमा खाडाचक्र–२ का ५५ वर्षीय जयलाल विकको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।
बुधबार नरहरिनाथ–८ कोट खोलामा काठ काट्न गएको बेला अछामको भानकोट वनमा लागेको डढेलोमा परी उनीहरू घाइते भएका थिए । उनीहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो ।
घाइते विष्टको अवस्था गम्भीर भएपछि सेनाको हेलिकप्टरले आइतबार दिउँसो उद्धार गरेको हो । घाइते विष्टलाई सिधै काठमाडौं लैजाने नेपाली सेना २४ नम्बर बाहिनीले जनाएको छ ।
कान्तिपुर
युग संवाददाता । । १४ फाल्गुन २०७९, आईतवार १८:३६