जिल्ला स्तरीय मानव अधिकार रक्षक सम्मेलन

दैलेख,१४ फागुन ।

कर्णाली प्रदेशसभाका सदस्य गमता बिकले सामाजिक कुरीति हटाउन समाजका अगुवाहरु अग्रसर हुनुपर्ने बताएकी छिन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दैलेख सदरमुकाममा आयोजाना गरेको मानव अधिकार रक्षकहरुको जिल्ला स्तरीय सम्मेलनमा उनले निरन्तरता दिन सुझाव दिइन् ।

समाजका अगुवाहरुले कुरीति हटाउन लाग्दा बाधाहरु आउछन् आत्मबिश्वासका साथ अघि बढे कुरीति र कुसँस्कार हटेर जान्छन् प्रदेशसभा सदस्य बिकले भनिन् । अधिकार प्राप्तिका लागि कर्तव्य पालना चेतना पनि जरुरी रहेको उनले औल्याइन् ।

कार्यक्रम जिसस प्रमुख नमराज शाहीले मानव अधिकार रक्षकहरुले कसैको पक्ष नलिएर निस्वार्थ, पवित्र मनले काम गर्नुपर्ने सुझाव दिए । उनले घरेलु हिंसा प्रमुख समस्या रहेको औल्याउदै रोकथाममा जुट्न आग्रह गरे । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले आफैले भोगिरहेको शोषण, उत्पीडन विषयमा बोल्न नसक्नेहरुको अधिकारको विषयमा बोल्ने मान्छे मानव अधिकार रक्षक भएकोले जोखिममा रहेकोले सुरक्षा प्रत्याभूती गराउन सम्मेलन गरिएको बताए ।

सम्मेलन उद्घाटन सत्रमा अवसरमा मानव अधिकार रक्षक सञ्जाल दैलेखका सहसंयोजक लिला खत्री, इन्सेकको अधिकार–२ परियोजनाका संयोजक किरण पौडेल लगायले मानव अधिकारले ग्रामीण तहमा गरिरहेका मानव अधिकार सम्वद्र्धनका काम र सरकारका निकायसंगको सहकार्य विषयमा प्रकाश पारेका थिए ।

सामाजिक परम्परा, कुरीति र मानवअधिकार सवाल, जघन्य मानव अधिकार उल्लङ्घन घटना र न्याय प्राप्तिको अभियान सन्दर्भ र मानव अधिकार उलङ्घन घटनामा अनुसन्धान र पीडितको न्यायमा पहुँच विषयमा प्यानल छलफल गरिएको थियो ।

परम्परा, कुरीति र मानवअधिकार सवालमा कर्णाली प्रदेशसभाका सदस्य गमता बिक, नारायण नगरपालिका उपमेयर तप्ताकुमारी थापा, इन्सेकका कर्णाली प्रदेश संयोजकलाई म्यानल अतिथिमा राखी धारणापछि सहभागी मानव अधिकार रक्षकहरुले समुदायका सवालहरु उठाएका थिए ।

जघन्य मानव अधिकार उल्लङ्घन घटना र न्याय प्राप्तिको अभियान सन्दर्भ नेपाल बार एशोसियसनका जिल्ला अध्यक्ष ललितबहादुर थापा, इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम)का जेसी अफिसर लिला खत्रीले सहजीकरण गरेका थिए ।

न्याय प्राप्तिको अभियान सन्दर्भ र मानव अधिकार उलङ्घन घटनामा अनुसन्धान र पीडितको न्यायमा पहुँच विषयमा राष्ट्रिय मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालयका कार्यालय प्रमुख लोकनाथ बास्तोता, जिल्ला सरकारी वकील कार्यालय दैलेखका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महत र जिल्ला प्रहरी कार्यालय दैलेख इञ्चार्ज डीएसपी किशोर लम्साललाई प्यानल अतिथि बनाइएको थियो ।

प्यानल छलफलहरुमा सेसनहरु मावन अधिकार सम्वद्र्धनका लागि गरिएका प्रयास, कानूनको पालना, पीडितले न्याय पाउने प्रक्रिया, प्रक्रियागत जटिलता र समस्याहरुको समाधानको सवाल विषयमा सहभागीहरुका प्रश्न गरेका थिए ।
राज्यका सरकारी निकायका अधिकारीहरुले भइरहेका प्रयासहरु बारे जानकारी गर्दै मानव अधिकार संरक्षण तथा प्रवद्र्धन काममा आपसी सहकार्य सवालमा खुला अन्तरक्रिया भएको थियो ।

त्यस अवसरमा राष्ट्रिय मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालयका कार्यालय प्रमुख लोकनाथ बास्तोताले बदलिदो परिवेशमा मानव अधिकार रक्षकका काम, कर्तब्य ,अधिकार र स्थानीय सरकारसंगको भूमिका विषयमा सहजीकरण गरेका थिए ।

मानव अधिकारका सवालमा स्थानीय तह र सरोकारवालाको भूमिका आइतवार प्यानल छलफल, कर्णाली प्रदेशसभामा विचाराधीन मानव अधिकार रक्षक सम्बन्धी प्रस्तावित विधयक बारेको छलफल गर्ने कार्यसूची रहेको जिल्ला स्तरीय मानव अधिकार रक्षकहरुको सम्मेलन कार्यक्रमले घोषणापत्र जारी गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया