रेडियो शारदाको स्थापना दिवसको अवसरमा अक्षयकोष स्थापना

सल्यान,१२ फागुन ।

रेडियो शारदा एफएमको स्थापना दिवसको अवसरमा अक्ष्यकोष स्थापना गरिएको छ । पुर्व प्राविधिक सुजित सिंह थापाको संम्झनामा रु ४० हजारको अक्ष्यकोष स्थापना गरिएको हो ।

स्थापना दिवसको अवसर पारी रेडियो शारदाको तर्फ बाट २० हजार र थापाको परिवार बाट २० हजार गरी रु ४० हजारको अक्ष्यकोष स्थापना गरिएको रेडियोका स्टेशन मेनेजर प्रतिक इच्छुक शर्माले बताए  ।

उनका अनुसार अक्ष्यकोषलाई बढाउदै रु एक लाख सम्म पुर्याउने बताए  । स्थापना गरिएको अक्ष्यकोषको ब्याज बाट आउने रकमले प्रत्येक बर्ष रेडियोको स्थापना दिवसका अवसरमा सडक सुरक्षा सम्बन्धि रिर्पोटिङ गर्ने एक जना पत्रकारलाई पुरस्कृत गरिने बताए  । सुजित सिंह थापाको केही महिना अघि मात्र २५ बर्षको उमेरमा दुर्घटनामा परी मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया