कालिकोटमा ट्रक दुर्घटना :  दैलेखका एक जनाको मृत्यु

कालिकोट,११ फागुन  ।

तिलागुफामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०३५६ को ट्रक तिलागुफा नगरपालिका ५ धनडामा ट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा परी दैलेखको चामुण्डा बिन्द्रासैन नगरपालिका ७ का २८ वर्षका छविप्रसाद चौलागाईँको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको छ भने सोही ठाउँका १८ वर्षका सहचालक दिनेश शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । उनको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया