सल्यान,७ फागुन ।
सल्यानको बाग्चौर नगरपालिका १० पिपलनेटामा एक महिला घरमै मृत अवस्थामा भेटिएकी छन् । ३५ वर्षीया टीका खड्का घरमै मृत अवस्थामा भेटिएकी हुन् ।
शनिबार बेलुकी खाना खाएकी खड्का घरकै भान्साकोठामा मृत अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए । माईती पक्षले घटना शंकास्पद रहेको र श्रीमान्ले हत्या गरेको आरोप लगाएका कारण प्रहरीले मृत खड्काका श्रीमान् रमेश खड्कालाई नियन्त्रणमा लिएको उनले जानकारी गराए ।
माइती पक्ष अहिले नआएकाले घटनास्थल सुरक्षित राखिएको र घटनाको अनुसन्धान भैरहेको उनले जानकारी गराए । उनका अनुसार अनुसन्धानपश्चात मात्र महिलाको के कारण मृत्यु भएको भन्ने खुल्छ । मृतक महिलाका श्रीमान रमेश खड्काले भने अचानक पेट दुखेका कारण मृत्यु भएको बयान दिएका उनको भनाइ छ ।
कान्तिपुर
युग संवाददाता । । ७ फाल्गुन २०७९, आईतवार ११:२२