जाजरकोट,६ फागुन ।
जुनीचाँदे गाउँपालिकाका दुईवटा अज्ञात समुहले तोडफोड गरेको छ । शुक्रवार राति वडा नं ३ र हिजो राति वडा नम्बर ५ को वडा कार्यालयमा तोडफोड भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए ।
वडा नं ३ मा ताला फोडेर वडा सचिवको कार्यकक्षबाट ल्यापटप तथा महत्वपूर्ण कागजातहरु चोरी भएका छन् भने वडा नं ५ मा दुई वटा ल्यापटप, प्रिन्टर, र दराजमा राखिएका विभिन्न महत्वपुर्ण कागजातहरु चोरी भएको प्रवक्ता नेपालीले जानकारी दिए ।
वडा कार्यालयमा कसले तोडफोड गरेको भन्ने खुल्न सकेको छैन् । हाल वडा कार्यालयहरुमा प्रहरी पुगीसकेको र आवश्यक अनुसन्धान भईरहेको उनले जानकारी दिए ।
युग संवाददाता । । ६ फाल्गुन २०७९, शनिबार १६:३९