कथा :  नगरिकता

कविन्द्र भट्टराई

सुर्खेत,६ फागुन ।

हर्क बहादुर नेपालीको साथी श्यामप्रसाद एउटा मिठाई लिएर आयो । हर्कको नजिकै गएर उसलाई मिठाई दिँदै खान भन्यो । हर्क अक्क न बक्क पर्यो । श्यामप्रसादले कर गर्दै भन्यो, ‘खाऊ न खाऊ, मैले दिए पछि पनि किन अकमकाएको ? कस्तो छ हर्केलाई ? सबै कुरा ठीक त छ नि ? सधैँ यस्तै त हो नि । अब हर्के पनि अलि ठुलो भयो ।

स्कुल पठाउन पाए हुन्थ्यो। हजुरको सहयोगको आस गरेर आएकी ।’ ‘मैले के गर्न पर्यो ? कतिले देवी बाको खोलापारीको खेत रोप्न जाँदा खोलाले बगाएको हो पनि भने । जे भएको होस् कि त उसैलाई थाहा होला कि त दैवलाई नै थाहा होला । जो जसलाई साँचो कुरा थाहा भए पनि, हर्केको काख हराएको थियो, उसको सर्वस्व गुमेको थियो । बाबुको पिरको घाउ खाटा नबस्दै अर्को घाउ लागेको थियो ।

समय बलवान् हुन्छ किनकि उसैले सारा घाउ लगाउँछ भने खाटा पनि उसैले बसाउँछ । घाउमा खाटा बस्दै गएको थियो । हर्क बहादुर र श्याम प्रसाद दुवैले एस. ई. ई. को जाँच दिए । दुवैको जाँच राम्रो भएकोमा दुवै फुरुङ्ग थिए। परीक्षापछि उनीहरू घरका अन्य परिवारसँग पोखरा घुम्न गए ।

त्यो फेवाताल अनि त्यसैमा पौडी खेलिरहेको माछापुच्छ्रे हिमालको सेतो छाया कति रमणीय थियो त्यो क्षण । चमेरे गुफा, महेन्द्र गुफा, पाताले छाँगो कसरी बनेका होलान् ? रानीवनमाथिको बौद्ध गुम्बा अनि त्यहाँबाट चियाउँदा देखिने दृश्य आँखामा भरेर कहिल्यै नसकिने लाग्थ्यो । बेगनास र रूपाको मनोरम दृश्य कसरी भुल्न सकिन्छ र ? हर्के र श्याम दुवै औधी खुसी थिए । आज एस. ई. ई. को नतिजा प्रकाशित हुने भनिएको दिन ।

दुवैको प्रतीक्षा व्यग्र थियो नतिजाको लागि । नतिजा प्रकाशित भएको खबर पाए उनीहरुले । दुवै राम्रो ग्रेडका साथ उत्तीर्ण भए । हर्क बहादुरको ए प्लस ग्रेड आएको रहेछ भने श्यामप्रसादको ए ग्रेड आएको रहेछ । दुवैको खुसीको सीमा थिएन । अस्ति मात्र हर्केको जन्मदिन आज यस्तो राम्रो नतिजा । लाग्थ्यो सारा खुसी उसैको झोलामा हालिदिएका छन् भगवानले । हर्केले आज जताततै राम्रो मात्र देखेको थियो ।

भत्केको खोलाको ढिकसमेत कति राम्रोसँग मिलेर भत्केको भन्दै श्यामलाई सुनायो, ‘प्रकृति पनि कति अनौठो छ है, अचानक खस्ने खोलाको ढिक पनि यति राम्ररी खसालेर कस्तो राम्रो आकृति बनाएको छ ।’ श्यामले भन्यो, ‘त्यति मात्र हो र ? ऊ हेर त आकाशमा बादलको आकृति कति राम्रो छ ।’ चराको चिरबिर चिरबिर आवाज पनि कति मिठो लागेको थियो उनीहरूलाई ।

हर्क बहादुरले भन्यो, ‘सुन त श्याम आज त चराहरूले पनि कति मिठो गित गाएका है ।’ मन खुसी भएपछि सबै राम्रो हुँदो रहेछ । मनमा चङ्गा त लोटामा गङ्गा भनेको यही रहेछ । दुवैले गाउँकै विद्यालयमा एघार कक्षामा नाम लेखाए । दुवै पढ्नमा अब्बल थिए । सरकारले दिने छात्रवृत्तिका लागि नागरिकता चाहिने भयो ।

यो कुरा हर्केले देवी बालाई सुनायो । भोलिपल्ट देवी बा र हर्के वडा कार्यालय गए। सिफारिस दिन वडाध्यक्ष अन्कनाए । धेरै कुरा भने सबै दुःख बिसाए । वडाध्यक्ष बल्लतल्ल राजी भए तर भोलि आउनु भनेर पठाए । जब भोलिपल्ट उनीहरू वडा कार्यालय पुगे वडाध्यक्षले भने, ‘तपाईं आफैँ बाबु बनेर सनाखत गर्छु भन्नुहुन्छ भने म दिन तयार छु।’ दे वी बा अलि अक्मकाए। के गरौँ के गरौँ भयो ।

उनले कुरा बुझे यो वडाध्यक्षले काम गर्दैन भनेर । उनले भने भोलि आउँला । देवी बा र हर्के घर फर्के । देवी बाले यो कुरा घरमा भने । सबैले आ–आफ्नो विचार व्यक्त गरे । कसैले वडाध्यक्षले भने जस्तै गरी गर्ने भने कसैले हुन्न भने । आफैँ बाबु हूँ भन्दा भोलिको दिनमा आइपर्ने समस्या बारे कुरा उठाए ।

हर्केलाई अहिले नागरिकता नबनाउने सल्लाह दिइयो । उसलाई फर्काइयो । छात्रवृत्ति नपाए पनि पढाउँछु भने देवी बाले । अहिलेको अवस्थामा त समस्या टर्यो । हर्केले राम्ररी पढेर ठुलो मान्छे बन्ने सपना साकार पार्न रात दिन मेहेनत गरेर पढिरहेको थियो । पढाइमा श्यामप्रसाद र उसको कडा प्रतिस्पर्धा भइरहेको थियो । समय बित्दै गयो । उसले राम्रो ग्रेडमा कक्षा ११ र १२ उत्तीर्ण गर्यो ।

गाउँमा सबैले आफ्नो छोरा छोरीलाई हर्केकै उदाहरण दिएर भन्ने गर्थे ‘हर्के जस्तै हुनु’ । यसरी गाउँभरिकै उदाहरण र प्यारो थियो हर्के । आफ्ना आमा बुवा नभए पनि अरुको घरमा बसेर उनीहरुले अह्राएको काम गरेर खाली समयमा पढेर पनि उत्कृष्ट ग्रेडका उत्तीर्ण हुनु चानचुने कुरा थिएन । उसको पढाइप्रतिको लगाव देखेर देवी बाले स्नातक पनि पढाउने जमर्को गरे । सहर बजारमा पठाए क्याम्पसमा भर्ना गरिदिए ।

हर्केले पनि मेहनत गर्यो, प्रथम वर्षमा उसले क्याम्पस टप गर्यो । क्याम्पसका प्राध्यापकहरूको प्यारो विद्यार्थी थियो ऊ । आफ्नो खर्च टार्न उसले सहरकै एउटा बोर्डिंग स्कुलमा पढाउन पनि थाल्यो । यसले उसलाई धेरै राहत दिएको थियो । स्नातक पनि राम्रो श्रेणीमा उत्तीर्ण गर्यो ।

गाउँमा आयो फेरि देवी बाकै घर आगनीमा मेलापात र दाउरा घाँस गर्न थाल्यो । त्यतिबेला सम्ममा पुराना वडाध्यक्ष परिवर्तन भएर नयाँ आइसकेका थिए। समयले कोल्टे फेरिसकेको थियो । हर्केले देवी बालाई भन्यो, ‘बुवा नागरिकता बनाउनको लागि एकपटक फेरि वडा कार्यालय जाउँ कि ? किन सिफारिस नपाएको होला ? देवी बाले यस्तै कुरा मनभरि खेलाउँदै भने, ‘अब के गर्ने त हर्के ? हो भने किन सिफारिस नपाएको होला

तपाईको प्रतिक्रिया