पत्रकार महासंघ कालिकोटद्धारा बुहारी पत्रकार पुरस्कार प्रदान

कालिकोट,४ फागुन ।

नेपाल पत्रकार महासंघ कालिकोट शाखाले छोरी बुहारी पत्रकारीता पुरस्कार दिएको छ । सामुदायिक रेडियो प्रदेश आवाज एफएम कालिकोटमा कार्यरत संचारकर्मि प्रिमा कुमारी बिश्वाकर्मालाई बिहीबार एक कार्यक्रमका बिच पाँच हजार नगद सहित सम्मान पत्र सहित पुरस्कार प्रदान गरेको हो ।

दुर्गम क्षेत्रमा पत्रकारीता गर्नु पर्दाका पिढाहरूमा अझै छोरी बुहारी लाई काम गर्न निकै चुनौति हुने गरेको छ । बालबच्चा साथमा राखेर काम गर्दाका समस्यालाई दृष्टिगत गर्दै बिश्वकर्मालाई पुरस्कार प्रदान गरिएको छ । पत्रकारिता क्षेत्रमा अझै जोस जागर बढोस र यो क्षेत्रमा छोरी बुहारी टिकाउनका साथै स्थापित गराउन यो पुरस्कार महासंघले राम्रो निर्णय गरेक महासंघका पुर्व अध्यक्ष तुलराम पाण्डेले बताए ।

यस्तै पत्रकार महासंघका पुर्व अध्यक्ष तथा सल्लाहकार कालिबहादुर मल्लले छोरी बुहारी पत्रकारीता पुरस्कार प्रदानप्रती धन्यवाद दिएका छन् । यस्ता पुरस्कार र प्रोत्सानले पत्रकारिता पेशामा थप बलियो हुने मल्लले बताए । पुरस्कार प्रदान कार्यक्रममा महासंघका अध्यक्ष भरतराज बिस्टले छोरा छोरी बोकेर काखमा राखेर पत्रकारिता गर्दाका पिढालाई दृष्टिगत गर्दै यस्तो निर्णय गरेको बताए । कालिकोटमा संञ्चार माध्यायमको बढ्दो बिकास संगै छोरी बुहारी अक्ष्यकोष स्थापना गरेको बताए ।

पुरस्कृत भएकी पत्रकार प्रिमा कुमारी बिश्वकर्माले यो पेषामा दुख सुख जे जस्ता आएपनी यो सम्मानले पेषामा थप जोस जाँगर संगै गौराम्वित भएको बताईन । उनले, आखाँभरि आँसु पोख्दै मलाँई यो क्षेत्रमा रहि काम गर्ने वातावरण गर्नु हुने सवै आदरणीय गुरु प्रति आभार प्रकट गरेकि छन् ।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष बिश्वनाथ सिम्खाडा, जनपत्रकार संगठनका केन्द्रीय सचिवालय सदस्य , कर्ण बिश्वकर्मा,प्रेस युनियानका उपाध्यक्ष पुष्पराज भट्टराई , पत्रकार किरण अधिकारी लगायतका पत्रकारहरूको उपस्थिति रहेको थियो भने, कार्यक्रमको संचालन महासंघका सचिव खडानन्द अधिकारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया