यस्तो छ आजको मौसमः तराईमा मध्यान्हसम्म हुस्सु लाग्ने

काठमाडौं,४  फागुन ।

आज केही प्रदेशमा मौसम आंशिक बदली रहे पनि बाँकी भू–भागमा सफा रहने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। अहिले बिहान प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु÷कुहिरो लाग्ने सम्भावना छ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ।भोलि (शुक्रबार) प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको हुने महाशाखाले जनाएको छ। तराईका एक–दुई स्थानमा लागेको हुस्सु मध्यान्न सम्ममा सुधार हुने सम्भावना रहेकोले सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया