सुर्खेतमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

सुर्खेत,३ फागुन ।

सुर्खेतको वीरेन्द्रनगर–११ स्थित रत्नराजमार्ग अन्तर्गत ठूलो बिउरेनी नजिकै बालुवा बोकेको ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन्।

बुधबार दिउँसो करिब ३ः३० बजे सुर्खेत बजारतर्फ आउँदै गरेको भे १ त ४४८३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा लेकबेसी नगरपालिकाका – १५ का जितेन्द्र नेपालीको मृत्यु भएको हो ।

यस्तै दुर्घटनामा वीरेन्द्रनगर – ११ का २८ वर्षीय जीवन बादी र लेकबेसीका १५ वर्षीय सन्दिप सुनार घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया