भीरबाट लडेर पूर्व जनमुक्ति सेनाका कमाण्डरको मृत्यु

जाजरकोट, ३ फागुन ।

जाजरकोटमा भीरबाट लडेर पूर्व जनमुक्ति सेनाका कमाण्डरको मृत्यु भएको छ । भेरी नगरपालिका २ डिँगा निवासी ३९ वर्षीय नरबहादुर थापा (जलन) को घर नजिकैको भीरबाट लडेर ज्यान गएको हो ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीका जिल्ला इन्जार्च ढकबीर रानाले हिडिरहेको अवस्थामा भिरालो वाटोबाट एक्कासी लड्दा थापाको मृत्यु भएको जानकारी दिए  ।

जाजारकोटमा यो हप्तामात्र तिन जनाको भीरबाट लडेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोष रोकाले यस हप्ता मात्र दुई जनाले आत्म हत्या गरेको समेत जानकारी दिए ।

यसै साता मोटरसाइकलमा सवार एक जनाको माथिबाट आएको ढुंगाले लागेर मृत्यु भएको थियो । प्रहरीका अनुसार भीरबाट लडेर मृत्यु हुने संख्या दिनदिनै वढ्नुमा मदिरा सेवन, भिरालो वाटो र लापरबाही मुख्या कारण रहेको छ ।

तपाईको प्रतिक्रिया